सहसचिव भुपाल बराल सचिवमा बढुवा
काठमाडौं । सहसचिव भुपाल बराल नेपाल सरकारको सचिव पदमा बढुवा भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ रिक्त रहेको सचिव पदमा सहसचिव बराललाई बढुवा गर्ने निर्णय गरेको हो । प्रशासनतर्फका बराल हाल वन तथा वातावरण मन्त्रालयमा कार्यरत छन् ।
लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीको नेतृत्वमा रहेको बढुवा समितिले सहसचिवहरू भूपाल बराल, डण्डुराज घिमिरे र खगेन्द्रप्रसाद सुवेदीलाई सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो । तीमध्ये वरीयतामा सबैभन्दा अगाडि रहेका बराललाई सरकारले मन्त्रिपरिषद् बैठकबाट सचिवमा बढुवा गर्ने निर्णय गरेको होे ।
बराल अर्थ मन्त्रालयको बजेट महाशाखा, राजस्व व्यवस्थापन महाशाखा, नीति विश्लेषण महाशाखा तथा आन्तरिक राजस्व विभागको महानिर्देशकको रूपमा जिम्मेवारी सम्हालिसकेका अनुभवी प्रशासनिक अधिकारी हुन् ।
