बुधबार, जेष्ठ २०, २०८३ - Wed, June 3, 2026

सर्लाहीमा कारागार सञ्चालन

सर्लाहीमा कारागार सञ्चालन

सर्लाहीको मलंगवामा करिब ११ वर्षपछि जिल्ला कारागार सञ्चालनमा आएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले एक समारोहबीच उद्घाटन गर्दै कारागार सन्चालनमा ल्याएका छन्।

लामो समयदेखि जीर्ण रहेको कारागारमा कैदी बन्दी बस्न नसक्ने वातावरण नभएपछि सर्लाही कारागारबाट कैदी बन्दीलाई अन्यत्र स्थानान्तरण गरिएको थियो।

कारगारभित्रका कैदीलाई २०६९ सालमा सर्लाही प्रशासनले सिन्धुली, महोत्तरी, झुमका र रौतहट कारागारमा स्थानान्तरण गरी कारागार भवण निर्माण सुरु गरिएको थियो।

सहरी बिकास डिभिजन कार्यालय जनकपुरले कारागार निर्माण गर्न राम जानकी निर्माण सेवालाई चार करोडमा ठेक्का दिएको थियो।

लामो समयपछि सञ्चालनमा आएको कारागारमा रौतहट जिल्ला कारागारबाट ३० जना कैदीबन्दी सारेर सर्लाही कारागारमा ल्याएको कारागारका महानिर्देशक काशिराज दाहालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *