सरकारको न्युनतम साझा कार्यक्रमः शासकीय सुधारदेखि अर्थतन्त्र सुधार्ने प्रतिवद्धता (पूर्णपाठ)
काठमाडौं । सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा रहेको दस दलीय गठबन्धनको तर्फबाट आज सिंहदरबारमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
सरकारले प्रस्तुत गरेको न्यूनतम कार्यक्रममा गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने तथा भ्रष्टाचारको छानबिन गरी कडा कारबाही गर्ने कुरा उल्लेख छ । त्यस्तै देशको अर्थतन्त्र सुधारका लागि पुँजी निर्माण तथा परिचालनलाई प्राथमिकतामा समेटिएको जनाएको छ ।
सरकारका साझा कार्यक्रम सार्वजनिक गर्दै मन्त्री शर्माले विगतदेखि कर चुक्ता गर्न नसकेका ठूला उद्योग व्यवसायलाई करमा लगाइएको जरिवाना मिनाहा गरी बाँकी बक्यौता कर किस्ताबन्दीमा तिर्ने सुविधा उपलब्ध गराइने बताइन् । त्यस्तै उनले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका क्षेत्रमा रहेको सीमा सम्बन्धी समस्याहरू कूटनीतिक माध्यमबाट समाधान गर्ने, सीमाको प्रभावकारी व्यवस्थापन र नियमनका लागि सीमा सुरक्षा चौकी बृद्धि गर्ने कुरालाई पनि प्राथमिकता दिएको बताइन् ।
यसअघि एमालेसहितको सात दलीय गठबन्धनको तर्फबाट प्रचण्ड सरकारले यस्तै साझा कार्यक्रम ल्याइएको थियो भने अहिले गठबन्धन फेरिएपछि कांग्रेस र माओवादीको चुनावी एजेण्डालाई समेटेर सरकारले न्यूनतम साझा कार्यक्रम ल्याएको हो ।
यस्तो छ पूर्ण पाठ:
