शुक्रबार, कार्तिक ७, २०८३ - Fri, October 23, 2026

सभामुखको निर्वाचन आगामी माघ ५ मा हुने

सभामुखको निर्वाचन आगामी माघ ५ मा हुने

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सो कुराको जानकारी दिएका हुन् । उनले सभामुखको निर्वाचनका लागि संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमलाई निर्वाचन अधिकृत तोकेका छन् ।

नेपालको संविधानमा निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार सभामुखको लागि निर्वाचन हुन लागेको हो । प्रतिनिधिसभाको अर्को बैठक आगामी माघ ५ गते बिहान ११ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *