आइतवार, कार्तिक ९, २०८३ - Sun, October 25, 2026

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानमन्त्री दाहाललाई पद तथा गोपनीयताको शपथ

राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानमन्त्री दाहाललाई पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा आइतबार मात्रै प्रधानमन्त्रीमा नियुक्त नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाललाई नेपालको ४४औँ प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलगायतको को उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *