बुधबार, जेष्ठ २०, २०८३ - Wed, June 3, 2026

प्रधानमन्त्री प्रचण्डले पाए दोस्रो पटक विश्वासको मत

प्रधानमन्त्री प्रचण्डले पाए दोस्रो पटक विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । आज भएको मतदानमा उनको पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो भने मत दिन्नमा एक मत खसेको छ । प्रतिनिधि सभामा रहेका २७५ सांसदमध्ये आजको बैठकमा २६२ जना उपस्थित भएका थिए ।

प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो । उनले यसअघि पुस २६ मा विश्वासको मत लिएका थिए ।

यसअघि सरकारमा सहभागी दल नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिए पछि नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले पुनः विश्वासको मत लिएका हुन् ।

प्रधानमन्त्रीमा दाहाललाई नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले विश्वासको मत दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *