गभर्नरमा डा. विश्व पौडेल नियुक्त
काठमाडौं । नेपाल सरकारले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा अर्थविद् डा. विश्व पौडेललाई नियुक्त गरेको छ । यो नियुक्तिसँगै डा. पौडेल राष्ट्र बैंकको इतिहासमा १८ औं गभर्नर बनेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो । सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा पहिलो नम्बरमा पौडेल रहेका थिए भने दोस्रोमा निलम ढुंगाना र दिनेश भट्टराई रहेका थिए ।
डा. पौडेलले चीनको विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन गरेका छन् । उनले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । यसअघि उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका व्यक्ति हुन् ।
