बुधबार, जेष्ठ २०, २०८३ - Wed, June 3, 2026

कर्मचारीको तलब बढेन, महंगी भत्ता पाँच हजार पुग्यो

कर्मचारीको तलब बढेन, महंगी भत्ता पाँच हजार पुग्यो

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गर्न सकेन । तथापी महंगी भत्ता भने बढाएर पाँच हजार पुर्‍याएको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले स्रोत व्यवस्थापनमा देखिएको कठिनाइले सरकारी कर्मचारीको तलब बढाउन नसकिएको बताए ।

उनले कर्मचारी सम्बद्ध संघ संस्थाले आगामी आर्थिक वर्षदेखि कर्मचारीको तलब थोरै भए पनि वृद्धि गर्नुपर्ने माग राखेकामा आर्थिक स्रोत व्यवस्थापन गर्नुपर्ने भएकाले तत्काल तलब वृद्धि गर्न नसकिएको बताए । अर्थमन्त्री पौडेलले तलब नबढे पनि महंगी भत्ता बढाएर पाँच हजार पुगेको घोषणा गरे । यसअघि सरकारी कर्मचारीले महंगी भत्तावापत २ हजार पाउँदै आएका थिए भने अब आगामी आर्थिक वर्षबाट महंगी भत्तास्वरूप थप ३ हजार पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *