बिहिबार, कार्तिक ६, २०८३ - Thu, October 22, 2026

नागरिकता विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयो

नागरिकता विधेयक विधायन व्यवस्थापन समितिमा पठाइयो

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले नागरिकता विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

गृहमन्त्री खाणले पेश गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

राष्ट्रियसभाको अर्को बैठक भदौ १६ गते बिहीबार दिउँसो तीन बजे बस्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *