सोमवार, कार्तिक १०, २०८३ - Mon, October 26, 2026

संस्कृतिविद् सत्यमोहन जोशीको निधन

संस्कृतिविद् सत्यमोहन जोशीको निधन

काठमाडौं । नेपाली वाङ्मयका अविच्छिन्न साधक सताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ। १०३ वर्षको उमेरमा आइतबार बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

संस्कृतिविद् जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । सोही समयमा रगतको जाँच गर्दा उनलाई डेंगु पुष्टि भएको थियो । एक सातादेखि नै छातीमा निमोनिया सङ्क्रमण, मुटुको चालमा घटबढ भइरहेका जोशीलाई जति औषधि चलाए पनि शरीरले रेस्पोन्स नगरेको अस्पतालले जनाएको थियो ।

संस्कृतिविद् जोशीलाई नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा उनको योगदानको कदर स्वरूप सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ। नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । जोशी प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।

यसैबीच उनको पार्थिव शरीर नजलाइने भएको छ। उनको शरीर किष्ट मेडिकल कलेजमा नै अध्ययनका लागि राखिने किस्ट मेडिकल कलेजले जनाएको छ ।

किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *