बुधबार, जेष्ठ २०, २०८३ - Wed, June 3, 2026

लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित, अन्य कार्यक्रम यथावत(सूचनासहित)

लोक सेवाका लिखित परीक्षा माघ मसान्तसम्म स्थगित, अन्य कार्यक्रम यथावत(सूचनासहित)

आयोगमा कार्यरत कर्मचारीहरूमा कोभिड–१९ को सङ्क्रमण देखा परेको भन्दै आयोगले माघ ११ देखि माघ मसान्तसम्म आयोगबाट सञ्चालन हुने गरी पूर्वनिर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगन गरेको र माघ ११ गतेदेखि मसान्तसम्म स्थगित गरिएका तथा फागुन १ गतेदेखि सञ्चालन हुने लिखित परीक्षा कार्यक्रमसमेत कम्तीमा ७ दिनको पूर्व सूचना दिई पूनःतालिकीकरण गरी यथाशीघ्र परीक्षा सञ्चालन गर्ने आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।

लिखित परीक्षा बाहेकका आयोगका अन्य पूर्वनिर्धारित कार्यक्रम यथावत् रूपमा सञ्चालन गर्ने पनि आयोगले जनाएको छ ।

देशभर कोरोना सङ्क्रमण बढेसँगै धेरै परीक्षार्थीहरू पनि बिरामी भएको र आयोगका कर्मचारीहरूमै पनि सङ्क्रमण पुष्टि भएपछि आयोग परीक्षा स्थगित गर्नुपर्ने दबाबमा थियो ।

त्रिभुवन विश्वविद्यालयले पनि शुक्रवार र शनिवार(भोलि र पर्सि) हुने प्रवेश परीक्षा यथावत् राख्दै वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *