२६ गते हुने भनिएको शाखा अधिकृतको परीक्षा स्थगित
काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृतको विज्ञापन पुनः स्थगित गरेको छ । आयोगले आइतबार एक सूचना प्रकाशित गर्दै सर्वोच्च अदालतको आदेशअनुसार सो विज्ञापन स्थगित गरेको जनाएको छ । आयोगले विज्ञापन नं। १६६९६-१६७०२/०७८–७९ को खुल्ला/समावेशीको एकीकृत लिखित परीक्षा अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरेको हो । परीक्षा यही चैत्र २६ गते बिहान ११ बजेदेखि सञ्चालन हुने कार्य तालिका रहेको थियो ।
गत मङ्सिर महिनामा प्रकाशित भएको शाखा अधिकृतको विज्ञापन कर्मचारी समायोजनको विवाद टुङ्गो नलाग्दै परीक्षा लिन नपाइने भनेर सर्वोच्च अदालतले अन्तरिम आदेश दिएसँगै स्थगित भएको थियो । पछि अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला आएसँगै आयोगले यही चैत २६ गते परीक्षा लिने तयारी गरेको थियो । तर धेरै उम्मेदवार भएकोले व्यवस्थापन गर्न नसकेको भन्दै आयोगले विज्ञापन स्थगन गरेको जनाएको छ ।
