बीमा प्राधिकरणको अध्यक्षमा ओझा नियुक्त
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ओझालाई अध्यक्षमा नियुक्त गरेको थियो । प्राधिकरणको अध्यक्ष छनोट लागि गठित सिफारिस समितिले ओझासहित तीन जनाको नाम सिफारिस गरेको थियो । त्यसरी सिफारिस हुनेहरुमा नेपाल सरकारका पूर्व सचिव रामशरण पुडासैनी र दामोदर बसौला थिए ।
सञ्चार, अर्थतन्त्र विश्लेषणलगायतका क्षेत्रमा विशेष दख्खल राख्ने ओझा प्राधिकरणको इतिहासमै अध्यक्षमा नियुक्त हुने हालसम्मकै कान्छा व्यक्ति हुन् ।
