सोमवार, कार्तिक १०, २०८३ - Mon, October 26, 2026

प्रतिनिधिसभा विघटन, फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन

प्रतिनिधिसभा विघटन, फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन

काठमाडौं । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा राष्ट्रपति समक्ष संसद्‍ विघटनको सिफारिस गरेकी छिन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति ११ बजेदेखि लागू हुनेगरी प्रतिनिधिसभा विघटन गरेका छन् ।

प्रतिनिधिसभा विघटन भएसँगै नयाँ निर्वाचनको मिति तोकिएको छ। आगामी फागुन २१ गते बिहीबारका दिन नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्नेगरी मिति तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भदौ २३ र २४ गतेको जेन–जीले गरेको आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमसँगै पूर्व प्रधानन्यायधिश कार्की शुक्रबार राति अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *