बिहिबार, कार्तिक ६, २०८३ - Thu, October 22, 2026

पूर्व प्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त

पूर्व प्रधानन्यायाधीश कार्की प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका छन् । जेन–जीको मागअनुसार उनी अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा नेतृत्व गर्ने गरी नियुक्ति भएकी हुन् ।

राष्ट्रपति पौडेलले विषम र असाधारण परिस्थितिमा युवा पुस्ताद्वारा प्रकट गरिएको माग र आकांक्षाअनुसार, राजनीतिक दल र सरोकारवालासँगको परामर्शमा संविधानको धारा ६१ (४) अनुसार उनलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

उनको काँधमा ६ महिनाभित्र नयाँ निर्वाचन गराउने जिम्मेवारी रहेको छ । उनले शुक्रबार राति नै पद तथा गोपनीयता शपथ लिएकी छन् । कार्की अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएसँगै नेपालको पहिलो महिला प्रधानमन्त्री पनि बनेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *