प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच सिंहदरबारमा छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा भेटवार्ता भएको छ । सरकारको एउटा घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आइतबार सरकारबाट बाहिरिएपछि तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री दाहालले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिलाई जोड दिइरहेको बेलामा ओली र देउवासँग संयुक्त छलफल गरेका हुन् ।
उनीहरुबिच भएको भेटमा सीमा व्यवस्थापन, राष्ट्रिय सुरक्षालगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
