सुमनराज अर्याल मुख्य सचिवमा नियुक्त
काठमाडौं । सरकारले मुख्य सचिवमा सुमनराज अर्याललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षा सचिवसमेत रहेका उनलाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मङ्सिर १० गते अनिवार्य अवकाशमा जाँदैछन् ।
अर्यालसँग सुदूरपश्चिम प्रदेशको आर्थिक योजना मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय र कोशी प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालेको अनुभव रहेको छ ।
