शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिइन्
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । शिक्षा मन्त्रालयका अनुसार मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री समक्ष राजीनामा दिएकी हुन् ।
नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै गत चैत १५ गतेदेखि निरन्तर काठमाडौँ केन्द्रित शैक्षिक आन्दोलन गर्दै आएको छ ।
देशभरका शिक्षकहरूले सङ्घीय राजधानीको सडकमा चर्काएको १९ दिन पुग्दा यता शिक्षामन्त्री भट्टराईले भने पदबाट राजीनामा दिएकी छन् । उनले सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाएकी हुन् । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका देशभरका शिक्षकहरूको मागलाई सम्बोधन गर्न उनी सक्रिय रूपमा लागेकी थिइन् ।
