बिहिबार, कार्तिक ६, २०८३ - Thu, October 22, 2026

भारतमा कोरोनाभाइरसबाट तीन हजार छ सय नयाँ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट तीन हजार छ सय नयाँ सङ्क्रमित

नयाँदिल्ली, फागुन २८ गते । भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन हजार ६१४ जना सङ्क्रमित भएका छन् । योसँगै देशभरी अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४० हजार ५५९ पुगेको छ ।

संघीय स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या पाँच लाख १५ हजार ८०३ रहेको छ । तीमध्ये ८९ जनाको भने पछिल्लो एक दिनमा मृत्यु भएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा पाँच हजार १८५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *