बिहिबार, कार्तिक ६, २०८३ - Thu, October 22, 2026

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्वारा संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा वैशाख २४ गते आइतबार संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उक्त दिन अपराह्न ४ बजेका लागि आह्वान गरिएको छ ।

यस अधिवेशमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र वार्षिक आयव्ययको विवरण (बजेट) प्रस्तुत हुनेछ । यसअघि गत वैशाख १५ मा संसद अधिवेशन अन्त्य भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *